...

26 views

मुस्कान कता हरायो
मुस्कान कता हरायो

सारा संसारमा त्रास छाएँको छ
मानव प्रत्येक दिन भयभित भई बाच्नु परेको छ
मुहारमा हाँसो ,मनमा शान्ति
किन्चित छैन, केवल छ न्यास्रोपन
जो चट्टान भई बसेको छ।

साथीभाइ ,परिवारसँग
विगतमा बिताएका ति अमूल्य क्षण
स्मृति मात्र बन्न जान्छ कि भन्ने आभास
हुन थालेको छ।


अलगअलग बस्नु पर्ने बाध्यता
कसैले कसैलाई छुने डर,
काँही सरने डर,
सरि पछि फेरि मृत्युको डर,
यसरी छोपी सकियो यो मनलाई
कालो बादलले ।

आशाको किरण देखिने प्रयासमा
सबै एकतामा भई
दियो बालि,तुरही,शङ्खा फुकी
ईश्वरलाई पुकार्नु थालेका छन् ।
जीवनमा खुसियाली ,शान्ति भित्र्याउने
कोशिस प्रत्येकको छ।

-pushpa panchakoti-